नेकपा-माओवादीका सचिव नेत्रबिक्रम चन्द बिप्लवले आफ्नो पार्टीको सहभागीता बिनाको चुनाव सम्भव नहुने बताएका छन् ।
उनले आफुहरुले विरोध गर्दा गर्दे पनि चुनाव भएमा त्यो आफुहरुलाई असह्य हुने र त्यसको निम्ति जस्तोसुकै मुल्य चुकाउन पछी नपर्ने बताए ।
हेटौंडामा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ ताम्सालिङ राज्य समितिले गरेको कार्यक्रममा चन्दले नेकपा-माओवादीको सहमति बेगर हुने चुनाव सफल नहुने बताए ।
हेटौंडामा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ ताम्सालिङ राज्य समितिले गरेको कार्यक्रममा चन्दले नेकपा-माओवादीको सहमति बेगर हुने चुनाव सफल नहुने बताए ।
उनले प्रमुख चार दलका नेताहरुलाई सबैलाई समेट्ने गरी सहमति गर्न र दलभित्र बाटै सरकार गठन गर्न सल्लाह दिए ।
उनले यो सरकारले नेपाली सेनालाई प्रयोग गरेर चुनाव सफल पार्ने योजना बनाएको आरोप लगाउदै त्यसरी चुनाव सफल हुने सपना नदेख्न सरकार र प्रमुख दलहरुलाई आग्रह गरे ।
No comments: