Slider

Recent Tube

" });

Wisata

एस साइट मा पोस्ट हुने नया समाचार तथा सम्पूर्ण videos आफ्नो facebook वाल मा पाउन को लागि यो तल को like box मा एक like गर्न न भुल्नु होला धन्यावाद

masti 4 you .com

" });

News Scroll

Favourite

" });

Event

Culture

" });

Gallery

» » अमेरिकामा एघार मिलियनलाई ग्रीनकार्ड दिलाउन सक्ने सम्भावित सुधारोन्मुख आप्रवासी विधेयक


हाल अमेरिकाको बजार प्रस्तावित अध्यागमन सम्बन्धी बिलको विषयलाई लिएर तातिरहेको छ । यदि प्रस्तावित अध्यागमन सम्बन्धि सुधार कार्यान्वायनमा आएमा अमेरिकामा एघार मिलियन भन्दा बढी कागजपत्र बिहिन आप्रवासीहरुलाई अमेरिकामा बस्न दिने, काम गर्न पाउने, ग्रिन कार्ड लगायत अमेरिकाको नागरिक बन्न दिने व्यवस्थालाई मार्गप्रसस्त गर्न सक्नेछ ।

अहिले अमेरिकाको क्पापिटल हिलदेखि न्युयोर्कको वाल स्ट्रीटसम्म, हाउस अफ रिप्रिजेन्टेटिभदेखि सिनेट कमिटीसम्म, टेलिभिजनका पर्दादेखि रेडियो एफएमसम्म, फेसबुकका बालदेखि अन्य सामाजिक सञ्जालहरुसम्म, चियापसलदेखि पिजा पसलसम्म, ठूला सहरदेखि साना सहरसम्म प्रस्तावित अध्यागमन सम्बन्धि सुधार कानुनको नै चर्चा परिचर्चा रहेको छ । त्यसैले यो विषय अब सबैको चासोको विषय बनिसकेको छ ।

अमेरिकाको हाउस अफ  रिप्रिजेन्टेटिभमा दुई पक्षिय समुहले अमेरिकाको प्रस्तावित सुधार विलमा काम गरिरेहेको र उनीहरु पनि विधयेकको मस्यौदा बनाउन अन्तिम चरणमा रहेको कुरा सार्वजनिक भइसकेको छ । त्यसैगरी सिनेट मार्फत आउने प्रस्तावित बिलबारे सबैभन्दा बढी चर्चा रहेको छ । सिनेटका आठजना सदस्यहरु जसमा चारजना डेमोक्र्याटहरु रोबर्ट मेनेन्डेज, माइकल जेनेट, चाल्र्स सुमर र डिक डर्बीन र रिपब्लिकनबाट जान मेकन, लिन्डसे, मार्को रुबियो र जेफ फ्लेकहरु अप्रिलको पहिलो साता भित्र विधयेकलाई सदनमा छलफलका लागि ल्याउने गरी काम गरिरहेका छन् । सिनेट कमिटि जसलाई ग्याङ अफ एट पनि भनिन्छ, यो निकै चर्चित रहेको छ ।

हुन त प्रस्तावित विधयेक आइसकेको छैन । र यसको पुरा खाका सहित परिचय हुन बांकी नै छ । तर पनि सार्वजनिक भइसकेको जानकारी अनुशार सिनेटले ल्याउन सक्ने विधयेकमा योजना गरिएको हुन सक्ने विषयमा चर्चा गर्नु उपयुक्त नै हुन्छ । चारजना डेमोक्र्याट र चारजना रिपब्लिकन सिनेटरहरुले प्रस्ताव गरेको योजना अनुशार कागजपत्रविहिन आप्रवासीहरुले काम गर्न पाउने अनुमतिका लागि आफूलाई दर्ता गराउन सक्नेछन् । नागरिक बन्न पाउने भन्दा अगाडिको लागि गर्नुपर्ने यो नै पहिलो अवशर हुनेछ । सरकारी रेकर्डमा दर्ता भइसकेपछि उनीहरुलाई प्रारम्भिक स्टाटस प्राप्त हुन सक्नेछ । तर यस्तो स्टाटसका लागि सरकारमा दर्ता भइसकेपछि पृष्ठभूमिको अनुसन्धानमा पास हुनुपर्ने, सरकारलाई कर तिर्नुपर्ने, नागरिक नबन्दासम्म संघीय सुविधाहरु लिन नपाउने लगायतका प्रावधानहरु रहेका छन् ।

 अर्को महत्वपूर्ण कुरा के छ भने यसरी प्रारम्भिक स्टाटस पाएका आप्रवासीहरुले सबैभन्दा पछिको लाइनमा लागेर अमेरिकामा भएका कानुनी रुपमा काम गरिरहेका कामदारहरु र अन्यले ग्रिनकार्ड पाएपछि मात्र कागजपत्रविहिनहरुले ग्रिनकार्ड पाउन सक्नेछन् । ग्रीनकार्ड पाएपछि अमेरिकाको नागरिक बन्न अर्को पृष्ठभूमि चेक गरिने, ट्याक्स तिर्नुपर्ने, अंग्रेजी भाषा सिकेको हुनुपर्ने, अमेरिकामा काम गरिरहेको प्रमाणित गर्नुपर्ने लगायतका प्रावधानलाई पास गर्नुपर्ने हुन्छ । 

सिनेटरहरुके योजनाको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको सिमा प्रणालीलाई एकदमै सुरक्षित र कडा बनाउने नै हो । माथिका सबै कुराले सिमा सुरक्षा सम्बन्धि विषयमा महत्व राख्ने भएकाले कंग्रेसले कसरी सिमा नियन्त्रण गर्ने भन्ने कुराको बृहत प्रणालीलाई आत्मसाथ गर्नका लागि यो प्रस्तावित सुधार आफैमा महत्वपूर्ण रहेको छ ।
क्षेत्री एण्ड एशोसिएटस् न्युयोर्क का यटर्नी-एट-ल बासु फुलारा बाट प्राप्त जानकारी (बासु फुलारा न्युयोर्कमा रहदै आउनु भएका र नेपाली समुदाय माझ चर्तित यटर्नी-एट-ल हुनुहुन्छ । यो लेखमा व्यक्त बिचारहरु पाठकका जानकारीका लागि सुझावहरु मात्र हुन् । कानुनी उपचारका सल्लाह भने होइनन् । अध्यागमन कानुन सम्बन्धि उपचारका लागि भने यटर्नी-एट-ल बासु फुलारालाई उहाको कानुनी कार्यालय क्षेत्री एण्ड एशोसिएटस् को फोन नम्बर: ७१८-६०६-६४७४ मा सम्पर्क राख्न सक्नु हुनेछ । – सम्पादक)

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

देस बिदेश का समाचार का साथ मोनोरंजनात्मक भिडियो चलचित्र tv सीरीयल हरु तपाई सामु पस्कने हाम्रो प्रयास तपाई लाई कस्तो लग्यो