१८ चैत, काठमाडौं । एसीसी ट्वान्टी-ट्वान्टी कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल आज सिंगापुरसँग खेल्दै छ । किर्तिपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा बिहान नेपालले टस जितेर व्याटिङ रोजेको छ ।
नेपाली टोलीमा आज केही परिर्वतन भएको छ । चोटका कारण खेल्न नसक्ने भएपछि संजम रेग्मीको स्थान सागर पुनले लिनेछ भने अनिल मण्डललाइ टोलीमा ल्याइएको छ ।
खेल सवा नौ बजेपछि शुरु हुनेछ । खेलमा घरेलु टोली नेपाल जित हात पार्दै सेमिफाइनल प्रवेश गर्ने दाउमा हुनेछ । मलेसियालाई १९ रनले हराएसँगै नेपालको सेमिफाइनल प्रवेशको सम्भावना बलियो भएको छ । नेपाल सिंगापुरसँग ठूलो अन्तरले पराजित भएको र मलेसियाले माल्दिभ्सलाई ठूलो अन्तरले हराए मात्र नेपाल समूह चरणबाट बाहिरिनेछ ।
No comments: