१८ चैत,एजेन्सी। फ्रान्समा रहेको विश्वप्रसिद्ध आईफल टावर खाली गराइएको छ । शनिवार फोन गरेर अज्ञात मानिसले आईफल टावरमा बम रहेको बताएपछी टावर खाली गराइएको हो।बम भएको फोन आए लगतै १४ सय मानिस आईफल टावरबाट बाहिर निकालिएको थियो भने सुरक्षा संयन्त्र दुरुस्त पारिएको थियो ।
बम भएको फोन पेरिसको वरिपरिबाटै आएको प्रहरीले बताएको छ। उक्त फोन स्थानिय समय अनुसार ९ बजेर ३० मिनेटमा आएको थियो।
हाल फ्रान्सको एन्टी टेरोरिजम युनिटले उक्त फोनका बारेमा अनुसन्धान गरिरहेको छ।
No comments: