भक्तपुर, चैत्र २१ - नाबालक छोराको समेत साथ लिएर दुवाकोट २ का विशुराम कार्कीले श्रीमतीको हत्या गरेका छन् । घरायसी विवादमा ३२ वर्षीया शारदा कार्कीको हत्या भएको प्रहरीले जनाएको छ । आइतबार मृत्यु भए पनि शिक्षण अस्पताल महाराजगन्जमा सोमबार भएको पोस्टमार्टममा हत्या गरेको रिपोर्ट आएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । पारिवारिक कारणले उनले श्रीमतीको हत्या गरेको भनिए पनि नाबालक छोरा सिद्धार्थ किन र कसरी संलग्न भए भन्ने खुल्न सकेको छैन । महानगरीय प्रहरी वृत्त ठिमीले पोस्टमार्टमको आधारमा अनुसन्धान गरी बाबु-छोरालाई नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतका अनुसार सुत्ने कोठामा आइतबार साँझ ७ बजे टाईले घाँटी कसेर हत्या गरेको बयान दिएका छन् । 'बाबुले टाईले कसेर घाँटी थिचेको र छोराले मुख छोपेको बयान दिएका छन्,' स्रोतले भन्यो, 'थप बयान भइरहेको छ ।' दुवैलाई नियन्त्रणमा लिए पनि घटना स्वीकार गरेका थिएनन् । छोराले आमाको हत्या गरेको सुरुमा प्रहरीसमक्ष स्वीकार गरेको प्रहरीले जनाएको छ । विशुराम जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा कार्यरत कर्मचारी हुन् । घटना स्विकारेपछि दुवैलाई जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ । सिद्धार्थ १५ वर्षको भएकाले सानोठिमीस्थित सुधार गृहमा राखिएको प्रहरीले जनाएको छ । बाबु-छोराले हत्या पछि पिसाब फेर्न जाने क्रममा
घरायसी विवादमा श्रीमतीको हत्या

Tag: ताजा समाचार
No comments: