Slider

Recent Tube

" });

Wisata

एस साइट मा पोस्ट हुने नया समाचार तथा सम्पूर्ण videos आफ्नो facebook वाल मा पाउन को लागि यो तल को like box मा एक like गर्न न भुल्नु होला धन्यावाद

masti 4 you .com

" });

News Scroll

Favourite

" });

Event

Culture

" });

Gallery

» » बलिउडका को-को कलाकारले भोगेका छन् जेल जिवन ?


बिहिबार भारतको सर्बोच्च अदालतले नायक संजय दत्तलाई ५ बर्षको जेल सजाय सुनायो । संजय यसअघि पनि जेलमा पुगिसकेका छन् । जेल जाने कलाकारमा संजय दत्त मात्र एक्ला छैनन् । उनी बाहेक अन्य थुप्रै कलाकारहरुले जेल जिवनको अनुभव लिइसकेका छन् । आखिर को को छन् त्यस्ता कलाकार जसले जेलको हावा खाइसकेका छन् ।१. सलमान खान : बलिउडका चर्चित नायक सलमान खान विभिन्न बिषयमा मुद्दा खेप्दै कैयौ पटक जेल पुगिसकेका छन् । सलमान खान पहिलो पटक सन् २००६ मा एक सिनेमाको दौरान कालो हरिणको शिकार गरेको आरोपमा जेल पुगेका थिए । तर उनी पछि जमानत तिरेर छुटेका थिए । यसपछि सडकपेटीमा सुतिरहेका ४ जना मानिसलाई किचेर मारेको आरोपमा सलमान जेलमा पुगेका थिए । उनको यो मुद्दा अझै पनि न्यायलयमा चलिरहेको छ । यदि यो मुद्दाको फैसला सलमानको विपक्षमा भयो भने उनलाई १० बर्षको जेल सजाय हुनसक्छ ।
२. सैफ अली खान : मुम्बइको ताज होटलमा एक एनआरआई व्यक्तिलाई पिटेको आरोपमा सैफले जेलको हावा चाखेका थिए । उनलाई प्रहरीले प्राणघातक हमलाको आरोपमा गिरफ्तार गरेको थियो ।
३. जोन अव्राहिम : बाइक चलाउन निक्कै सोखिन नायक जोन अव्राहिम पनि जेल परिसकेका छन् । उनले चलाएको बाइकले ठक्कर दिएर २ जना व्यक्ति घाइते भएका थिए । उनले आफ्नो गल्ती स्विकार गरेका थिए ।
४. शाइनी आहुजा : आफ्नै घरमा काम गर्ने एक युवतीलाई बारम्बार बलात्कार गरेको आरोपमा कलाकार शाइनी आहुजालाई जेल जानु परेको थियो । उनले ३ महिना जेलमा बिताएका थिए ।
५. फरदिन खान : नायक फरदिन खानलाई पनि प्रहरीले गिरफ्तार गरेको थियो । ९ ग्राम कोकिनको साथमा उनलाई प्रहरीले गिरफ्तार गरी केही समय हिरासतमा राखेको थियो ।
६. मधुर भंडाकर : तीन पटक राष्ट्रिय अवार्ड जितिसकेका निर्देशक मधुर भंडाकरलाई एक युवतीले आइटम गीतमा नचाउने बहानमा बलात्कार गरेको आरोप लगाएका थिइन् । यो घटनापछि मधुर लामै समय मिडियामा चर्चामा रहेका थिए । तर उनलाई न्यायलयले सफाई दिएको थियो ।
७. मोनिका बेदी : डन अबू सलेमको प्रेमिका बलिउड अभिनेत्री मोनिका बेदीलाई नक्कली पासपोर्टको आरोपमा प्रहरीले गिरफ्तार गरेको थियो । उनलाई ५ बर्षको जेल सजाय सुनाइएको थियो । तर उनी जमानतमा रिहा भएकी थिइन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

देस बिदेश का समाचार का साथ मोनोरंजनात्मक भिडियो चलचित्र tv सीरीयल हरु तपाई सामु पस्कने हाम्रो प्रयास तपाई लाई कस्तो लग्यो